झापा , साउन १५ । शक्तिशाली भूकम्पको असर भारतको बिहारमा पनि महसुस गरिएको छ ।
बिहारको केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
आज बिहान ८ बजेर १३ मिनेटमा काठमाण्डौ उपत्यकासहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो । खोटाङ‚ सिन्धुपाल्चोक‚ काठमाडौंलगायत देशैभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो । ०७२ सालकै विनाशकारी भूकम्पको पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरहने केन्द्रले जनाएको छ ।




