झापा , साउन १५ । पोर्चुगिज फरवार्ड रोनाल्डो लामो समयपछि टिममा फर्किएका छन् ।

च्याम्पियन्स लिग क्लबहरूमा अनुबन्धको चर्चा चलिरहेको समयमा रोनाल्डो टिममा फर्केका हुन् । युनाइटेडमा मुख्य प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डो रायो भालेकानो विरुद्धको प्रि-सिजन अन्तर्गतको मैत्रीपूणर् खेलका लागि टिममा भएको बताएका छन् । युनाइटेडका स्टार खेलाडी रोनाल्डो पारिवारिक समस्या देखाउँदै लामो समय विदामा बसेर यसै साता टिममा फर्किएका थिए । रोनाल्डोले शनिबार मात्र टिमसँग फिटनेस ट्रेनिङ गरेको फोटो पोष्ट गरेका थिए । रोनाल्डो ओल्ड ट्राफोर्ड आज (आइताबार) राति ८ः४५ बाट हुने खेलमा देखिने युनाइटेडले बताएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्