झापा, साउन १५ । झापामा एम्बुलेन्सको ठक्करबाट घाइते स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका– ६ निवासी २३ वर्षीय राजेश कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी दिए ।

घाइते कार्कीको नोबेल अस्पताल विराटनगरमा उपचार क्रममा आइतबार बिहान ६ बजे मृत्यु भएको डिएसपी पाठकले बताए । प्रहरीका अनुसार साउन ४ गते दिउँसो २ कनकाई नगरपालिका– ३ स्थित सुरुङ्गा– कुमरखोद सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ गईरहेको मे १ च १६५४ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आईरहेको प्र १–०१–०१५ प २१४८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी स्कुटर चालक कार्की र सोही स्कुटरको पछाडि उनकी श्रीमती २० वर्षीया शर्मिला कार्की घाइते भएका थिए । घाइतेमध्ये चालक कार्कीलाई बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारका लागि पठाएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको थियो । एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड– १० निवासी ४६ वर्षीय चन्द्रबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्