झापा, साउन १७ । तेह्रथुमको छथर गाउँपालिका-५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ ।

आज मंगलबार बिहान सवा ६ बजेको समयमा भण्डारीका २४ वर्षीय छोरा टंक भण्डारीले धान कुट्ने मुस्लीले बुबालाई टाउकोमा प्रहार गरी घाइते बनाएका थिए । प्रहरी चौकी शुक्रबारेबाट प्रहरी टोली खटी गई घाइतेलाई उपचारको लागि छथर अस्पताल पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न छोरा टंक भण्डारी तत्काल फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्