झापा , साउन १८ । बलिउड अभिनेत्री आलिया भट्ट हाल गर्भवती छिन् ।

हालै एक अन्तरवार्तामा आलियालाई रणबीर कपुरले गर्भावस्थामा उनलाई कसरी हेरविचार गरिरहेका छन् भनेर प्रश्न सोधिएको थियो । उनले यसको जवाफमा रणबीरले आफूलाई विशेष महसुस गराउनका लागि धेरै कुरा गर्ने तर खुट्टा भने मसाज नगर्ने बताएकी छिन् ।
रणबीरले आलियालाई विशेष ध्यान दिइरहेका छन् :
कुराकानीको क्रममा आलिया भन्छिन् , ‘उनले सधैँ मेरो राम्रो तरिकाले ध्यान राख्छन् तर आजकाल विशेष तरिकाले हेरविचार गरिरहेका छन् । तपाईंले ‘रणबीरले खुट्टा मालिस गर्छन् त ?’ भनेर सोध्न चाहनुहुन्छ भने उनले यस्तो गर्दै गर्दैनन् । तर उनले मलाई विशेष महसुस गराउनका लागि धेरै कुरा भने गर्छन् ।’
लण्डनबाट हालै फर्किइन् आलिया
आलियालाई ‘आमा सोनी राजदान र सासु आमा नितु कपुरले पनि विशेष तरिकाले ध्यान दिइरहनुभएको छ त ?’ भनेर सोधिएको प्रश्नमा उनी भन्छिन् , ‘म भर्खरै लण्डनबाट फिल्म ‘हार्ट अफ स्टोन’ को सुटिङ गरेर फर्किएको हुँ । त्यसैले उहाँहरुले त्यस्तो गर्ने अवसर नै पाउनुभएको छैन ।’ रणबीर र आलियाले यसै वर्ष १४ अप्रिलमा परिवार र केही विशेष साथीहरुको उपस्थितिमा विवाह गरेका थिए । विवाह अघि यी दुई पाँच वर्षसम्म प्रेम सम्बन्धमा रहे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्