झापा, साउन १८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा परेका छन् ।

बुधबार सार्वजनिक गरेको १२ औं संस्करणको ड्राफ्टमा सन्दीप परेको बीबीएलले जनाएको छ । बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट आगामी भदौ १४ गते हुनेछ । उक्त ड्राफ्ट पहिले नै सन्दीपको क्लबले उनलाई रिटर्न गर्न पनि सक्ने छ । सन्दीपले यस अघिका चार संस्करणको बीबीएल खेलिसकेका छन् । सन्दीप पछिल्लो दुई संस्करण होर्बाट हरिकेन्सबाट खेलेका थिए । सन्दीप बीबीएल खेल्ने पहिलो नेपाली खेलाडी पनि हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्