कुमरखोद , साउन १८ । झापा गाउँपालिकाको कार्यालयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत खेमराज थापालाई विदाई गरिएको छ ।

उनको सरुवा छिमेकी बाह्रदशी गाउँपालिकामा भएपछि पालिकाले एक कार्यक्रम गरी विदाई गरेको हो । झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि ,स्थानीय सुरक्षा निकायका प्रमुख तथा कर्मचारीहरुले थापालाई फूलमाला , अविर तथा दोसल्ला ओढाई विदाई गरेका थिए । त्यसैगरी कृषि तथा पशुपंछी मन्त्रालय काठमाडांैबाट आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियालाई बुधबारै स्वागत गरिएको थियो । थपलियाले बुधबारदेखि नै कार्यभार सम्हालेका छन् । अधिकृत थापा २०७७ साल कार्तिक २६ गते झापा गाउँपालिकामा हाजिर भएका थिए । उनको सरुवा १ वर्ष ८ महिना २२ दिनपछि बाह्रदशी गाउँपालिकामा भएको हो ।

कार्यक्रममा लेखा अधिकृत लक्ष्मी खतिवडाले स्वागत गरेकी थिईन् भने जनप्रतिनिधिका तर्फबाट राजकुमार यादव , कर्मचारीका तर्फबाट प्रशासकीय अधिकृत हिमाल मिश्रले विदाई मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख जीवन ढकालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्