झापा , साउन १९ । बलिउड अभिनेता आमिर खानको बहुप्रतिक्षित चलचित्र ‘लाल सिंह चड्डा’ रिलिजको अन्तिम तयारीमा छ ।

चलचित्रमा अभिनेता आमिर र अभिनेत्री करिना कपूर खान मुख्य भूमिकामा छन् । तर, चलचित्रका निर्मातासमेत रहेका अभिनेता आमिर भने चलचित्रलाई लिएर चिन्तित छन् । यो कुरा आमिर आफैंले स्विकारेका हुन् । चलचित्रको प्रमोशनका लागि करण जौहरको ‘कफी विथ करण’को सातौं संस्करणमा पुगेका आमिरले आफ्नो चिन्ता व्यक्त गरेका हुन् । उनको चिन्ता, पछिल्लो समय एकपछि अर्को ठूलो बजेटका हिन्दी चलचित्रहरू बक्स अफिसमा ओरोला लागिरहेका छन् । यस्तो अवस्थामा आउन लागेको चलचित्र ‘लाल सिंह चड्डा’को बक्स अफिस कलेक्सनलाई लिएर आमिर चिन्तित बनेका हुन् । “पक्कै, म चिन्तित छु, कस्तो प्रश्न गरिरहनु भएको,” अमिकरले करणको प्रश्नको जवाफ दिँदै आफ्नो चिन्ता स्विकारे । उनले अगाडि थपे, “हामीले राम्रो चलचित्र बनाएकोमा हामी उत्साहित थियौं । तर, यदि दर्शकलाई फिल्म नै मन परेन भने हामी निकै दुखी हुने छौं ।” आमिरले पूरा भारतले मन पराउने विषय लिएर चलचित्र बनाउन सम्पूणर् चलचित्र निर्माताहरूलाई सुझाव दिएका छन् । चलचित्र यही अगस्ट ११ तारिखमा रिलिज हुँदै छ । सामाजिक सञ्जालमा ‘लाल सिंह चड्डा’ बहिष्कार अभियान पनि चलिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्