झापा , साउन २० । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ ।

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो । मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा ईलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन शुक्रबारदेखि रोकिएको हो । यसअघि अनलाइन प्रविधिमार्फत् मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति शनिबारसम्म काम हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । पौडेलका अनुसार आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा १० लाख मतदाता थपिने आयोगको आँकलन रहेको छ । स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख मतदाता रहेका थिए । आयोगले असार १ देखि मतदाता नामावली संकलन कार्य सुरु गेरको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्