बिर्तामोड, साउन २० । प्रतिबन्धित लागूऔषध गाँजासहित बिर्तामोडबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड वडा नं.४ बस्ने ५६ वर्षिय डमरु दास रहेका छन् ।

शुक्रबार दिउँसो ३.३० बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले दासलाई आफ्नै घरमा २ केजी ३०० ग्राम गाँजा र नगद .२२ हजारसहित पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्