झापा , साउन २१ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बिएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले कचनकवल गाउँपालिकाका पूर्व अध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य अन्जार आलमका बारेमा भ्रामक प्रचार गरेका छन् ।

उनले आलम नेकपा एमालेमा प्रवेश गरेको गलत प्रचार गरेका हुन् । केन्द्रीय सदस्य आलमसहित केही नेता तथा कार्यकर्ताहरुलाई एमाले अध्यक्ष केपी ओली र आफूले पार्टी प्रवेश गराएको भनेर उनले सामाजिक संजालमा अफवाह फैलाएका छन् । केही दिनअघि आलम भेट गर्न ओलीकहाँ गएका थिए । सोही तस्वीरलाई दुरुपयोग गरी प्रसाईले भ्रम फैलाउन खोजेका हुन् ।

प्रतिदिनसंग कुराकानी गर्दै आलमले आफू एमालेमा नगएको र राप्रपामै रहिरहेको स्पष्ट पारेका छन् । केही दिनअघि भेटघाटका लागि ओलीसंग गएकोमा त्यसलाई पार्टी प्रवेश भनेर अफवाह मच्चाउन खोजेको उनले प्रतिक्रिया दिएका छन् ।त्यस्ता उटपट्याङ काममा प्रसाई अगाडि छन् ।

१ प्रतिक्रिया

  1. प्रसाईं जि ब्यक्तिगत रुपमा म तपाईंको कामको प्रसङ्सक हो,तर एस्ता काम ले तपाइँको उचाइ बढाउदैन,प्रचण्ड छोडेर ओलि हुनुभा छ,के ओलि सफल नेता हो त?लिङ्देन को प्रतिस्पर्धी हुने हल्ला सुनेको छु,उचालिएर त्यो गर्नुभो भने तपाइँको जीवन को ठुलो भुल हुनेछ,तसर्थ एस्ता हावा र हल्ला भन्दा तपाई अलि माथी भएको ले यथार्थमा बाच्न सिक्नोस,चुनाबी क्षेत्र बदल्नु उत्तम होला!

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्