झापा, साउन २२ । साउन २२ लाई कालो दिनको रुपमा लिएका लिम्बुवानजन्य संगठनहरुले आज आव्हान गरेको बन्दको आंशिक प्रभाव परेको छ ।
वार्षिक रुपमा गरिने त्यस बन्दको सामान्य प्रभाव परेको हो । साविकको भन्दा केही कम सवारीसाधन संचालन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पसल बजार भने खुल्ला नै रहेको र सडकमा बन्दकर्ता नदेखिएको डिएसपी बसन्त पाठकले बताए ।
संघीय लिम्बुवान मंच , राष्ट्रिय जनमुक्ति पार्टीलगायतका संगठनहरुले साउन २२ गतेलाई लिम्बुवानको कालो दिनको रुपमा लिएका छन् ।