झापा, साउन २२ । मोरङको जहँदा गाउँपालिका-३ ठुलो हातिबन्दाबाट प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।

लागूऔषध गाँजा बरामद

विशेष सूचनाको आधारमा शनिबार बेलुका साढे ६ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४० बर्षीय भुसाराम राजवंशीको घर पछाडि रहेको कटेरोमा प्लाष्टीकमा प्याक गरी बोरामा हाली लुकाई छिपाई राखिएको ३८ किलो गाँजा बरामद गरेको हो । राजवंशीको घरबाट गाँजा बरामद भएता पनि राजवंशी फेला नपरेको तथा उनको खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्