झापा, साउन २२ । मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ ।

आज बिहान साढे १० बजे लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३४ प २६३ नम्बरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका मोरङ बिराटनगर-१२ बस्ने २२ बर्षीय सुहन लिम्बू र मोरङ बेलबारी-११ बस्ने ३१ बर्षीय सिकुम योङहाङको साथबाट २ ग्राम ९४ मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद गरी नियन्त्रणमा लिईएको हो । यसरी लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका लिम्बू र योङहाङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।