झापा, साउन २२ । झापाको कचनकवलमा साइकलबाट लडेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कचनकवल गाउँपालिका– ५ पाठामारी निवासी ५० वर्षीय सुकुरू गणेश रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार आइतबार बिहान ११ बजे पाठामारी बजारबाट साइकलमा सवार गणेश घरतर्फ जाने क्रममा काली मन्दिर नजिकैको कल्भर्टमा साइकलबाट लडेर घाइते भएका थिए । घाइते उनलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगिएको र उपचारको क्रममा मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्