बिर्तामोड,साउन २३ । बिर्तामोड १० विराटपोखरका सामाजिक ब्यक्तित्व भिष्म चुडालको निधन भएको छ ।

गएराति ८ः३० बजे काठमाडौमा उनको निधन भएको हो। उनको आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

२०१७ सालमा जन्मिएका चुडाल काठमाण्डौमा रहँदा हिमालयन बैंक, रेडियो नेपाललगायतमा आवद्ध थिए । उनी नेपाली कांग्रेसप्रति आस्थावान थिए । साउन ६ गते बिहान काठमाडौमा बैंकमा गएको बेला अकस्मात लड्दा टाउकोमा चोट लागेर उनी अचेत भएका थिए। त्यसपछि लगातार नर्भिक हस्पिटलमा भेन्टिलेटरमा उनको उपचार भैरहेकोमा राति निधन भएको भाइ हरि चुडालले जनाएका छन् । उनी झापाबाट केहीदिन अघि काठमाडौं गएका थिए ।

चुडालका श्रीमती अनिता, दुई छोरा अनिश, मनिष, बुहारी प्रार्थना रहेका छन् । अन्त्येष्टि काठमाडौमा गरिए पनि अन्य कर्म विराटपोखरमा गरिने जनाईएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्