बिर्तामोड, साउन २३ । झापाको बिर्तामोडमा पहिलो पटक एसोसिएसन अफ सर्टिफाइड चार्टड एकाउन्टेन्ट(एसीसीए) को कक्षा सञ्चालन भएको छ ।

काठमाडौपछि पहिलो पटक झापामा एसीसीएको कक्षा पिके फाइनान्सियल एकाडेमीले सञ्चालनमा ल्याएको हो ।

आर्थिक अबस्थाका कारण काठमाडौं गएर पढ्न नसक्ने विद्यार्थीहरुका लागि बिर्तामोडमा त्यस्तो व्यवस्था गरिएको पत्रकार सम्मेलनमार्फत प्रालिका अध्यक्ष गंगाराम बस्नेतले जानकारी दिए । फाइनान्स एक्स्पर्ट, ट्याक्स एक्स्पर्ट र बिजनेस एक्स्पर्टका लागि एसीसीएको माग उच्च रहेको उनले बताए । एकाडेमीले हाल पहिलो ब्याचका ४ जना विद्यार्थी अध्यापन गराइरहेको छ । उक्त एकाडेमीमा माई नगरपालिका–४ का सागर ढुङ्गाना, तेञ्जिङ तामाङ, बुद्धशान्ति–१ का एञ्जल गुरागाई र बिर्तामोड–३ की कृति श्रेष्ठले अध्ययन गर्दै आएका छन् ।

कृति श्रेष्ठले एमबिबिएस पढ्ने सोच त्यागेर कमाई र प्रेस्टिजको हिसाबले उक्त बिषय रोजेको बताइन् । एसीसीए बिषयको पहिलो लेभल एसईई उत्तीर्ण गरेका बिद्यार्थीले पनि पढ्न सक्ने तर, अर्को लेभलमा जानका लागि कक्षा १२ पास गर्नुपर्ने एकाडेमीका प्रवन्ध निर्देशक प्रज्वल अधिकारीले बताए । उक्त बिषयको एसीसीए ग्लोवलले परीक्षा लिने उनले बताए । एसीसीए ग्लोवल नेपाल , बेलायतसहित १४८ देशमा छ । पिके फाइनान्सियल एकाडेमी एसीसीएका लागि मान्यताप्राप्त लर्निङ सेन्टरको रुपमा रहेको हो । देशभरिमा त्यस्ता ११ वटा सेन्टर छन् । ९ वटा काठमाडौंमा,
एउटा बुटवलमा र बिर्तामोडमा भर्खरै खोलिएको हो । नेपालको चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट मान्यता पाएको झापाको एकमात्र संस्था पिके फाइनान्सियल एकाडेमी भएको प्रबन्ध निर्देशक अधिकारीले बताए ।

एसीसीए सकेर नेपालमा लेखा व्यवसाय अभ्यास गर्न इच्छा भएकाहरुले चार्टड एकाउन्टेन्टहरुले संचालन गरेको संस्था भएकाले विषय विज्ञतामा उच्च क्वालिटी दिन आफूहरु कटिबद्ध रहेको उनले बताए । बिबिएस र एमबिएस सकेका बिद्यार्थीहरुका लागि पनि केही बिषयहरु नयाँ हुने भएकाले एसीसीएको आकर्षण बढ्दै गएको बताइएको छ ।

एकाडेमीले आगामी शनिवार बिर्तामोडमा सेमिनार गर्ने भएको छ । उक्त सेमिनारमा एकसय बढी बिद्यार्थीको सहभागिता रहने लक्ष्य राखिएको अध्यक्ष बस्नेतले जानकारी दिए । एकाडेमीले सीए र सीएटी बिषयमा पनि अध्यापन गराउने बताएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्