झापा, साउन २३ । नेपाल विद्यार्थी संघ मेचीनगर नगर समितिले झापा क्षेत्र नं १ अन्तर्गतका सम्पूर्ण विद्यालयबाट यस बर्षको एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको ‘खुला टिकटक’ प्रतियोगितामा सयभन्दा बढी प्रतियोगीहरुको सहभागिता रहेको मेचीनगर नगर समिति सभापति रोशन खडकाले जानकारी दिए । उक्त टिकटक प्रतियोगिताको नतिजा साउन २७ गते बेलुकी ४ बजे प्रकाशन गरिने जनाइएको छ ।

झन्डै ३ सयबढी विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा एसईई ग्रेडबृद्धि परीक्षा तयारीका निमित आयोजक समितिले निःशुल्क अतिरिक्त कक्षा संचालन गर्ने घोषणा गरेको कार्यक्रम संयोजक सृजितजंग ढुङ्गानाले जानकारी दिए ।

स्थानीय तथा आमन्त्रित विभिन्न बिधाका कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रमको सभापतित्व मेचीनगर सभापति रोशन खड्काले गरेका थिए भने प्रमुख अतिथिमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा रहेका थिए । कार्यक्रम प्रनित पुडासैनी र साक्षी ओझाले संचालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्