झापा , साउन २४ । मोरङको रतुवामाई नगरपालिका-४ पैयामारीबाट निषेधित लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बेलुका ८ बजे प्रहरी चौकी झुर्कीयाबाट खटिएको प्रहरी टोलीले सोही स्थानमा दक्षिणबाट उत्तरतर्फ साईकलमा सवार रहेका मोरङ रतुवामाई नगरपालिका-७ बस्ने १९ बर्षीय राहुलकुमार शर्मा र मोरङ उर्लाबारी नगरपालिका-७ बस्ने २२ बर्षीय युगल लिम्बूलाई चेकजाँच गर्ने क्रममा निषेधित लागूऔषध नाईट्राभेट १६५ ट्याब्लेट र ट्रामाडोल २४५ पत्ता बरामद गरी साईकलसहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्