झापा, साउन २६ । ‘सुपर डान्सर नेपाल’ बिहिबारदेखि प्रशारण हुने भएको छ ।

यो रियालिटी शो हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा प्रसारण एडी रिलिजले जनाएको छ । ‘सुपर डान्सर नेपाल’ को जजमा भुवन केसी , जसिता गुरुङ र सुरेन राई रहेका छन् भने कार्यक्रम होस्टमा कविता नेपाली र विल्सन विक्रम राई रहेका छन् । आयोजकका अनुसार काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज र नेपालमा फिजिकल अडिसन गरिनुका साथसाथै नेपाल बाहिरका नेपाली भाषी भएको ठाउँहरुको प्रतिभा समेत सहभागी गराउने उद्देश्यका साथ डिजिटल अडिसन समेत गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्