झापा , साउन २६ । बहुविवाह मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शिवसताक्षी १० बस्ने ४३ वर्षिय होमप्रसाद दंगाल रहेका छन् । झापा जिल्ला अदालतको मिति २०७६ बैशाख ८ गतेको फैसला बमोजिम बहुबिवाह मुद्धामा उनलाई २ बर्ष कैद र २० हजार रुपैयाँ तोकिएको थियो ।

फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो । झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले कारागार पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्