झापा , साउन २७ । स्वच्छ समाजका लागि सामाजिक अभियान झापाले दृष्टिविहीन फुलनदेवी राजवंशी र सुमित राजवंशीलाई नगद सोह्र हजार पाँच सय हस्तान्तरण गरेको छ ।

दृष्टिविहीन फुलनदेवीको पाठेघरमा ट्युमर भएर असक्त भई घरमै बसेको र श्रीमान् सुमित पनि अपाङ्ग भएकाले उपचारमा समस्या भएको होे । अगरबती आदि बेचेर दुई छाक मुश्किलले टार्दै आएकी फुलनदेवीले सहयोगका लागि आह्वान गरेकी थिइन् ।

सामाजिक अभियन्ता गणेश ढुंगानामार्फत उनीहरुलाई सहयोग गर्न विभिन्न सहयोगीलाई आह्वान गरेसंगै ट्युमर अप्रेसनका लागि बिर्तामोड ५ का सामाजिक ब्यक्तित्वहरु विवेककेसरी प्रसाईबाट दस हजार, संस्थाका वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापाबाट पाँच हजार, अर्जुनधारा ११ का वडा अध्यक्ष खगेन्द्र इङ्नामबाट एक हजार र रन्जु प्याकुरेलबाट पाँच सय संकलन गरी सोह्र हजार पाँच सय रुपैयाँ राजवंशी दम्पतीलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सामाजिक ब्यक्तित्वहरु जगतबहादुर मगर,बिपि कोइराला,रन्जु प्याकुरेल,मोहनकुमार योगी, मोहन प्रसाई, सचिव अभिचन्द्र बाँसकोटालगायतले उक्त सह्रानीय कार्यप्रति धन्यवाद दिएका थिए । सामाजिक अभियन्ता ढुंगानाको अध्यक्षता तथा अर्जुनधारा ११ का वडा अध्यक्ष खगेन्द्र इङ्नामको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको सहजीकरण संचारकर्मी रन्जित परियारले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्