झापा , साउन ३० । डेरा बसेको घरबाट बेपत्ता भएका एक बालक मोरङको बूढीगंगा गाउँपालिकामा पानी जमेको खाल्डोमा डुबेको अवस्थामा मृत फेला परेका छन्।

बूढीगंगा गाउँपालिका-३ गोकुवा चोकस्थित खाल्डोमा डुबेको अवस्थामा ६ वर्षीय अंकित रामको शव सोमबार बिहान भेटिएको हो । भारत देवरिया घर भएका बालकका अभिभावक गोकुवा चोकमा डेरा बस्दै आएका थिए । डेरा बसेको घरबाट उनी आइतबार साँझदेखि बेपत्ता भएका थिए । डेरा नजिक नदीजन्य पदार्थ स्टक गरेको ठाउँमा जेसीबीले बनाएको खाल्डोमा जमेको पानीमा शव फेला परेको प्रहरीले जनाएको छ । बालक बेपत्ता भएपछि आफन्त र अभिभावकले प्रहरीको सहयोगमा रातभर खोजी गरेका थिए । शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल ल्याएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्