झापा , साउन ३१ । झापाको दमकमा चार दिनअघि ट्रकको ठक्करबाट घाइते भएका स्कुटी चालकको मृत्यु भएको छ ।
साउन २७ गते बिहान ९.४० बजे दमक ४ चिया दोकानस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.८ ख.३३३३ नम्बरको ट्रकले दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश नं. १–०४–००१ प.२४५५ नम्बरको स्कुटीलाई ठक्कर दिई दुर्घटना हुँदा स्कुटी चालक दमक ४ बस्ने ६८ वर्षिय रामजुलुम नायक घाईते भएका थिए ।
घाइतेलाई निम्स अस्पताल दमकमा लगी उपचारपश्चात् थप उपचारको लागि विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेकोमा आज बिहान १० बजे उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालक अर्जुनधारा ५ बस्ने ३८ वर्षिय मातृका दनुवार र दुबै सवारी साधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।