बिर्तामोड , भदौ १ । एमिटी एजुकेशन फाउन्डेसनले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ ।

बिर्तामोड वडा नम्बर ५ मा रहेको एमिटी कलेजले शैक्षिक सत्र २०७९ मा कक्षा ११ मा अध्ययन गर्न आएका १ सय ५० जना विद्यार्थीलाई आज एक कार्यक्रमका बीच स्वागत गरेको हो ।
२०५६ सालमा अंग्रेजी माध्यमबाट कक्षा संचालन गरेको विद्यालयले २४ बर्ष पूरा गरेको अवसरमा नयाँ आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको बताईएको छ ।
संस्थापक प्रधानाध्यापक राधेश्याम ढकालको अध्यक्षता आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई दोसल्ला र अबिरद्वारा स्वागत गरिएको को–अर्डिनेटर बिनोद शाहले जानकारी दिए । कार्यक्रमका अध्यक्ष प्रधानाध्यापक ढकालले कलेजको लागि विद्यार्थी नभएर विद्यार्थीका लागि कलेज भएकाले ब्यवहारिक तथा व्यावसायिक शिक्षा प्रदान गर्दै आएको बताए ।
को–अर्डिनेटर बिनोद शाह , सह–प्रधानाध्यापक कुलप्रसाद खरेलले विद्यार्थीलाई स्वागत गर्दै उज्ज्वल भबिष्यको कामना गरेका थिए । कार्यक्रमको संचालन शिक्षक रामकृष्ण ढकाल र विद्यार्थीहरुले गरेका थिए ।