झापा, भदौ १ । इलाममा आगलागी भएको छ । इलामको ट्याक्सी स्टेन्डमा रहेको साँखेजुङ होटलमा आगलागी भएको हो ।

ईलाम बजारको मुटुमा रहेको ट्याक्सी स्टेण्डमा भएको सो आगलागी थाहा हुनासाथ ईलाम नगरपालिकाको दमकल , नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधिलगायत स्थानीयहरुको प्रयासमा करिव २५ मिनेटमा नियन्त्रणमा लिइएको छ ।

आगलागी नियन्त्रण भएसँगै इलाम बजार ठूलो क्षति हुनबाट जोगिएको छ । आगलागीबाट होटलमा करिब २ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्