झापा, भदौ २ । अवैध सामान र पिकअपसहित चालक पक्राउ परेका छन् ।

बुधवार राति १०.२५ बजेको समयमा दमक १० रतुवा पुलमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मोरङबाट झापातर्फ आउँदै गरेको मे.१ च.६७९० नं.को पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्दा उक्त गाडीभित्र अवैध रुपमा ल्याउँदै गरेको चिनी १६ बोरा,बिडी ४ काटुन, खैनी ५ बोरा र कुरमुरे ३ बोरा फेला परेको थियो ।
गाडीसहित ६ लाख ६७ हजार मूल्य बराबरको सामान र चालक दमक ७ बस्ने ४१ वर्षिय नारायण बस्नेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।