झापा,भदौ ३ । झापा भद्रपुरका एक १४ वर्षिय बालकले अस्वाभाविक रुपमा टाइको पासो लगाई आत्महत्या गरेका छन् ।

भद्रपुर ४ झापा चोकका १४ वर्षिय करण गिरीले हिजो बेलुका घरको ढोकाको हेन्डलमा टाईको पासो लगाई झुन्डिएर आत्महत्या गरेका हुन् ।

बेलुका साढे ४ बजेतिर झुन्डिएको अबस्थामा उनकी आमाले देखेपछि उपचारका लागि मेची अस्पताल लाँदै गर्दा मृत्यु भएको जनाइएको छ । मोर्डन अंग्रेजी स्कूलको कक्षा ८ मा उनी अध्ययनरत थिए । हिजो विद्यालयमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा विजेता भएका करण हर्षित थिए । विद्यालयबाट घर फर्किएर उनले आत्महत्या गरेका हुन् । सो घटनाले आफूहरुलाई चकित बनाएको विद्यालयका प्रिन्सिपल मंगल थापा मगरले बताए ।

१४ वर्षिय बालकले टाईको पासो लगाई झुन्डिनु अस्वाभाविक भएको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले मृतक बालकको शवलाई पोस्टमार्टमका लागि पठाइएको जानकारी दिए ।आत्महत्या गर्नुको कारण खुलिनसकेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्