झापा, भदौ ३ । सुनसरीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका– १७ मा बिहीबार अपराह्न साढे तीन बजे घरनजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा अचानक चट्याङले लागेर सोही ठाउँका २७ वर्षीया केसी रिषिदेवला घाइते भएकी थिइन् ।
घाइते उनलाई उपचारको लागि एपेक्स अस्पताल इटहरी लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।