झापा , भदौ ३ । मोरङमा अवैध रुपले ल्याउँदै गरेको सामान प्रहरीले बरामद गरेको छ ।

बिराटनगर महानगरपालिका-१६ दरैया स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करिव १ लाख ६८ हजार रुपैयाँ बराबरको चोरी पैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाले बरामद गरेको हो । बरामद लत्ताकपडा बिराटनगर भन्सार कार्यालय रानीमा बुझाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्