झापा, भदौ ४ । भट्टराई कुल वंश प्रतिष्ठान झापा जिल्ला छोरी बुहारी महिला सञ्जालको आयोजना तथा कनकाई नगर शाखाको संयोजनमा शनिवार जिल्लास्तरीय तीजमिलन कार्यक्रम सम्पन्न भएको छ ।

भट्टराई कुल वंश प्रतिष्ठानका शाखा गठन भएका पालिकाहरुबाट कार्यक्रममा ३ सय ५०भन्दा बढी भट्टराईका छोरीबुहारीहरुको उपस्थिति रहेको थियो। कन्काई नगरपालिकाको प्रसिद्ध तीर्थस्थल एवं पर्यटकीयस्थल धनुषकोटि धाम परिसरमा आयोजित तीजमिलन कार्यक्रममा अर्जुनधारा मेचीनगर भद्रपुर कचनकवल, बिर्तामोड ,कन्काई ,शिवसताक्षी र दमक नगरपालिकाका महिलाहरु सहभागी थिए।

छोरी बुहारी महिला सञ्जाल झापाकी संयोजक शकुन्तला भट्टराईको अध्यक्षतामा आयोजित उक्त समारोहमा प्रमुख अतिथि भट्टराई कुल वंश प्रतिष्ठान केन्द्रीय महिला महाशाखा प्रमुख भीष्मा भट्टराईले छोरी बुहारीहरु अब घरमा मात्र सीमित हुने दिन गएको भन्दै आफ्नो क्षेत्रमा अघि बढ्नुपर्ने बताइन्। घरको दैनिक काम काज भ्याएर पनि सामाजिक तथा समूहगत रुपमा गरिने कार्यक्रमहरुमा सहभागी हुन उनले सबैलाई आग्रह गरिन् । कार्यक्रममा विशिष्ट अतिथि दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले छोरी मानिसले विवाह गरेर जाँदैमा आफ्नो वंश, परम्परा, रीतिथिति बिर्सन नहुने बताउँदै विवाहपश्चात् पनि अध्ययन–अध्यापनलाई जारी राख्नुपर्ने बताइन्। कार्यक्रममा भट्टराई कुल वंश प्रतिष्ठानका जिल्ला अध्यक्ष धर्मेन्द्र भट्टराईले अब जिल्लाभर १५ वटै पालिकामा महिला सञ्जालमा गठन गरी भट्टराई वंशका छोरी बुहारीहरूको उत्थान र विकासमा सहयोग पुर्याउने बताए। तीजमिलन कार्यक्रममा गीतनृत्य प्रस्तुत गर्नुका साथै क्यारीकेचर समेत प्रस्तुत गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो।

सोही अवसरमा कुल वंश प्रतिष्ठान कनकाई नगर समिति छोरी बुहारी महिला सञ्जाल समेत गठन गरिएको छ। समितिको अध्यक्षमा लीला भट्टराई ,उपाध्यक्ष निरु भट्टराई, सचिव अम्बिका भट्टराइर्, कोषाध्यक्ष उर्मिला भट्टराई र सदस्यहरुमा बिनिता भट्टराई,उषा भट्टराई, पार्वती भट्टराई , बिमला भट्टराई,राधिका भट्टराई, सुमित्रा भट्टराई ,इन्दु भट्टराई सुष्मा भट्टराई, सुमित्रा भट्टराई ,कौशिला भट्टराई,डम्बरकुमारी भट्टराई टीका भट्टराई, तुलसा भट्टराई र अम्बिका भट्टराई रहेका छन्। नवनिर्वाचित समितिलाई महिला सञ्जालकी जिल्ला संयोजक शकुन्तला भट्टराईले अविर लगाई स्वागत गरेकी थिइन् ।

कार्यक्रममा विभिन्न मिष्ठान्न परिकारहरु बनाई दर खुवाइएको थियो। भट्टराईको बंश प्रतिष्ठान झापा जिल्ला समितिका सचिवालय सदस्य केशव भट्टराईले संचालन गरेको कार्यक्रममा कन्काई नगर समितिका अध्यक्ष रघुनाथ भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्