बिर्तामोड, भदौ ६ । तडकभडक तरिकाले फजुल खर्च गरेर तीजमिलन कार्यक्रम गर्ने सामाजिक विकृतिलाई न्यूनीकरण गर्न नेपाल उद्यमशील महिला संघ झापाले बृद्धाश्रमका बृद्धबृद्धालाई दर खुवाएर तीज मनाएको छ ।

अहिले विभिन्न तारे होटलमा तडकभडक तरिकाले फजुल खर्च गरेर तीज मिलन कार्यक्रम गर्ने क्रम बढेर गएको छ । त्यसलाई चिर्दै बिर्तामोड–४ स्थित परोपकार अनुसन्धान केन्द्रमा आश्रित बृद्धबृद्धालाई सामूहिक दर खुवाएर तीज पर्व मनाएको संस्थाकी अध्यक्ष पार्वता खरेल विमलीले बताइन् ।

संस्थाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता तथा शिक्षासेवी अञ्जना ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष निरमाया पुलामीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि ढुङ्गाना, चेम्बर अफ कमर्सका झापा अध्यक्ष ओमकृष्ण विमली,जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी, एबीसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटी,महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुब्बा, वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरिया , पूर्व अध्यक्ष उर्मिला खरेल विमली, इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट सम्झना भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव यशोदा प्रसाईले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्