झापा, भदौ ७ । युरोपको डेनमार्कमा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको छ ।

क्रिएटिभ नेपलिज उमन डेनमार्कको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको हो । तीज संस्कृतिलाई जगेर्ना गर्ने हेतुले गरिएको कार्यक्रममा गायिका रिता केसीका साथै स्थानीय कलाकारहरूको प्रस्तुती रहेको थियो । डेनमार्कका लागि कार्यबाहक नेपाली राजदूत तीर्थ अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गैरआवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारी, पोर्चुगल समाजका अध्यक्ष कृष्ण खनालका साथै विभिन्न संघ संस्थाहरुको उपस्थिति रहेको थियो । संस्थाकी अध्यक्ष सरु पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन राधिका आचार्य तथा सुजिना थापा र पुनम अधिकारी लगायतले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्