झापा , भदौ ७ । अवैध रूपमा नदीजन्य सामग्री ढुवानी गरिरहेका ६ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्जुनधारा नगरपालिका–१ स्थित विरिङ नदीबाट अवैध रूपमा नदीजन्य सामग्री उत्खनन् गरी ढुवानी गरिरहेका दुईवटा टिपर र चारवटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिए । निषेध गरेकै समयमा विरिङ नदीमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा मे १ त ६३४०, प्रदेश–१–०१–००१ त ८२३९, को १ त ६४४ र मे १ त ५१३६ नम्बरको ट्याक्टर तथा प्रदेश–१–०१–००१ क ११२४ र वाग्मती प्रदेश–१–०६ ख ३६४७ नम्बरको टिपरलाई नियन्त्रणमा लिएको पाठकले बताए ।

ट्याक्टरहरू अर्जुनधारा–१ तथा टिपरहरू अर्जुनधारा–८ स्थित विरिङ नदीबाट नदीजन्य सामग्री ढुवानी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ । नियन्त्रणमा लिइएका टिपर र ट्याक्टरहरु प्रहरीले आवश्यक कारबाहीका लागि अर्जुनधारा नगरपालिकामा बुझाएको छ । सरकारले असार १ गतेबाट भदौ मसान्तसम्म खोला तथा नदीबाट नदीजन्य सामग्री उत्खनन् गर्न प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्