झापा, भदौ ७ । कचनकवल गाउँपालिकाले ८३९ जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ ।

पछिल्लो पटक १५ जनालाई वितरण गरेसंगै गाउँपालिकाले त्यतिलाई अपांगता परिचयपत्र वितरण गरेको हो ।
पछिल्लो पटक रातो १ , निलो ९ , पहेलो ४ र सेतो कार्ड १ जनालाई वितरण गरिएको हो । यसअघि गत मंगलवार ४८ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको थियो । गाउँपालिकाले हालसम्म रातो १२३ , निलो ४५२ , पहेलो १५४ र सेतो कार्ड ११० जनालाई वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले बताए ।