झापा, भदौ ८ । सुनसरीको रामधुनी नगरपालिका-२ मा हिजो बेलुकी म्याजिक भ्यान र स्कुटर ठोक्किँदा तीनजना घाइते भएका छन् ।

घाइते हुनेमा स्कुटर चालक रामधुनी नगरपालिका-१ का १८ वर्षीय सिद्धार्थ चौधरी, स्कुटरमा पछाडि सवार १९ वर्षीय प्रशान्त चौधरी र १८ वर्षीय किरण चौधरी रहेका छन् । घाइते मध्ये किरणको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । विराटनगर स्थित न्यूरो अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । को १ ज ३०४३ नम्बरको म्याजिक भ्यान र प्रदेश १-०२-०४८ प २९५३ नम्बरको स्कुटर हिजो बेलुकी सवा ७ बजे आपसमा ठोकिएका थिए । दुवै सवारी साधनसहित भ्यान चालकलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्