झापा , भदौ ८ । नेपाल प्रवेश गरेर महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मोरङको जहदाबाट एकजना भारतीय नागरिकलाई मंगलबार साँझ पक्राउ गरेको छ ।

घरभित्र छिरेर जहदा गाउँपालिका-५ की २५ वर्षीया महिलालाई जबरजस्ती गर्न खोजेको आरोपमा भारत अररिया घर भएका २३ वर्षीय मोहमद हजमलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार महिला घरमा कोही पनि नभएको र एक्लै भएको मौकामा घरभित्रै पसेर हजमले बलात्कारको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफूमाथि बलात्कार प्रयास भएपछि महिलाले होहल्ला गरेकी थिइन् । परिवारले घटनाका बारेमा जानकारी दिएपछि पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए । प्रहरीले हजमविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउने तयारी गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्