बिर्तामोड , भदौ ८ ।झापाको बिर्तामोडमा भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभीको स्कुटर बिक्री वितरण सुरु भएको छ ।

हलेशी ग्रुपले आधिकारिक रुपमा यसको विक्री वितरण सुरु गरेको हो ।पछिल्लो समय इलेक्ट्रिक स्कुटरको माग बढ्दै गइरहेको बेला स्पेयर्स पार्टस सस्तो र सजिलै पाउन सकिने प्योर ब्रान्डको इलेक्ट्रिक स्कुटर बिर्तामोड ३ स्थित भगवान चौक नजिकैबाट विक्री वितरण सुरु गरिएको हलेशी ग्रुपका सञ्चालक इश्वरीप्रसाद बरालले जानकारी दिए ।

नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले केही समयअघि नै उक्त ई–स्कुटर नेपाली बजारमा भित्र्याएको हो ।नियो ईट्रान्स र ईप्लुटो सेभेन जी गरी २ वटा ब्राण्डमा उपलव्ध रहेको यस कम्पनीको स्कुटर रातो,हरियो,कालो,पहेलो,सेतो र सिल्भर गरि ६ वटा रंगमा उपलव्ध छ । ३ वर्षसम्म व्याट्रीको वारेन्टी रहेको यस स्कुटरको मूल्य नियो ईट्रान्सको २ लाख ७५ हजार र ईप्लुटो सेभेन जीको २ लाख साठी हजार रुपैयाँ रहेको छ । स्कुटरमा मोटर तथा कन्ट्रोलरको १ वर्ष वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

एक पटक फुल चार्ज गर्दा १ सय २० किलोमिटरसम्म यात्रा गर्न सकिने हलेशी ग्रुपले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य अकासिदो अवस्थामा रहेको बेला विद्युतीय मोटरसाइकल तथा स्कुटरको माग नेपाली बजारमा बढ्दै गएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्