झापा, भदौ ९ । सुनसरीको बराहक्षेत्र नगरपालिका-९ स्थित सप्तकोशी नदीको भंगालोमा डुवेर बालकको मृत्यु भएको छ ।

बुधबार दिउँसो पौने २ बजे सरस्वति मा.वि. राजाबासमा कक्षा ६ मा अध्ययनरत बराहक्षेत्र-९ राजाबासका राजकुमार माझीको १२ बर्षीय छोरा अमर माझी विद्यालयमा टिफिनको समयमा सप्तकोशी नदीको भंगालोमा पौडी खेल्ने क्रममा पानीमा डुवेको अवस्थामा स्थानियले फेला पारेको र उद्दार गरी उपचारको लागि नगर अस्पताल चक्रघट्टी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्