झापा , भदौ १० । भोजपुरको सानोदुम्बा-५ घर भई धरान-१३ बस्दै आएका ४१ बर्षीय रामबहादुर रम्तेलले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।
बिहिवार बेलुका रम्तेलले ७१ बर्षीय सासु नरमाया भुजेललाई अचानक टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएको र आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटि गई घाईतेलाई उपचारको लागि बि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाएको तथा घटना र मृतकको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।




