बिर्तामोड, भदौ १० । पाथीभरा टोल सुधार संस्था महिला समितिको आयोजनामा तीजमिलन कार्यक्रम सम्पन्न भएको छ ।

पाथीभरा टोलस्थित ज्येष्ठ नागरिक भवनमा आयोजित कार्यक्रममा रोडस्तरीय नृत्य प्रतियोगिता गरिएको थियो । आठवटा रोड रहेको पाथीभरा टोलको प्रतियोगितात्मक नृत्यमा सबै रोडले भाग लिएका थिए । सहभागीमध्ये रोड नं. १ पहिलो भएको छ भने रोड नं.–५ दोस्रो र रोड नं. ४ तेस्रो भएको सचिव निर्णायक मण्डलीका नारायण चिमरियाले जानकारी दिए ।

प्रतियोगितामा नारायण चिमिरया, छवि बराल र अम्बिका शिवाकोटीले निर्णायकको भूमिका थिए । पाथीभरा टोल सुधार संस्था महिला समितिकी अध्यक्ष अनिता निरौलाको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार ध्रुवकुमार शिवाकोटी, पाथीभरा टोल सुधार संस्थाका कार्यवाहक अध्यक्ष तेजप्रसाद शिवाकोटी, नारायण चिमिरया ज्येष्ठ नागरिक भवन निर्माण समिति संयोजक नारायण चिमरिया, पाथीभरा टोल ज्येष्ठ नागरिक बुद्धिप्रसाद चापागाँई, नेपाल प्रेस युनियनका केन्द्रिय सचिव रेजिना गौतमलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पाथीभरा टोल सुधार संस्था महिला समितिकी सचिव संगीता चिमरिया र दिक्षा बरालले सञ्चालन गरेको कार्यक्रममा शब्दद्वारा स्वागत उपाध्यक्ष कमला प्रसाई र गीतद्धारा दिक्षा, कमला, गीता, पुष्पासहितको टोलीले स्वागत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्