झापा , भदौ १२ । प्रहरीले सिटि रिक्सासहित अवैध काठ नियन्त्रणमा लिएको छ ।

शनिवार दिउँसो १.४५ बजे कमल वडा नं. ५ सिम्लेमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले प्र.१–०१–००१ ह ८०६० नं.को रोकिराखेको सिटिलाई शंका लागेर चेकजाँच गर्दा १८ थान चिरान (११.५४ क्यु.फिट)अवैध काठ फेला परेको थियो ।

सिटिसहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि आइतवार सेक्टर वन कार्यालय दमकमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्