बिर्तामोड , भदौ १४ । बिर्तामोडमा सम्पुर्ण कोचिङ ईन्स्टिच्युट संचालनमा आएको छ ।

बिर्तामोड– ३ बिर्ताबजारको डोमालाल रंगशाला रोडमा सो कोचिङ ईन्स्टिच्युट संचालनमा आएको हो ।

प्रमुख अतिथि प्रोफेसर अखिलेश झाले ईन्स्टिच्युटको उद्घाटन गरे ।कार्यक्रममा बिशेष अतिथि शेखर शर्मा,रन्जित शाह,नयन भण्डारी,शारदानन्द झा,दिपेन्द्र शाह,माधव खनाल, रेखा भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

२० वर्षअघि यस क्षेत्रमै पहिलोपटक २०५९ मा दक्षिणकाली कोचिङ सेन्टर संचालन गरी सफल अनुभव बटुलेका धर्मराज माझीको लगानी एवम् व्यबस्थानमा सो कोचिङ ईन्स्टिच्युट संचालनमा आएको हो । आम अभिभावक र बिद्यार्थीहरुको मागलाई ध्यानमा राखी कक्षा ८ को आधारभूत तहदेखि स्नातकोत्तर तहसम्मको सबै बिषयहरुको ट्युसन र कोचिङ कक्षाहरु संचालन गरिने संचालक माझीले बताए ।

उनले बिशेषतः मेची क्याम्पस र निधि कलेजलगायतमा अध्यापनरत दक्ष शिक्षकहरुबाट अध्यापन गराइने बताउँदै परीक्षा तयारी तथा प्रगती परीक्षाहरु लिइने जानकारी दिए । शान्त, सुबिधायुक्त कक्षालगायत लाइब्रेरीको व्यवस्था समेत गरिएको उनले जानकारी दिए । संचालक धर्मराज माझीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विवेक आचार्यले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्