झापा, भदौ १४ । जंगली हात्तीको आक्रमणबाट झापाको बाह्रदशीमा एक बृद्धको मृत्यु भएको छ ।

आज बिहान १० बजे बाह्रदशी १ बस्ने ८० वर्षिय देवीबहादुर अधिकारीलाई सोही ठाउँमा रहेको मनकामना सामुदायिक वनमा जंगली हात्तीले आक्रमण गरेको थियो ।

आक्रमणबाट घाईते भई उपचारको लागि घोपा धरानतर्फ लैजाँदै गर्दा साँझ ५.३० बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए । उनले घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्