झापा , भदौ १५ । पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति साढे २ बजेदेखि सडक अवरुद्ध भएको हो ।

रातिदेखि नै पहिरोका कारण सडक ठप्प भएपछि अहिले यो सडकखण्डमा गाडीको लामो लाइन लागेको छ । पहिरो हटाउन दुई तीन घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले दुईवटा डोजरको प्रयोग गरेर पहिरो पन्छाउने काम भईरहेको प्रहरीले जनाएको छ ।

गएको साउन महिनामा पनि यो क्षेत्रमा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पानी पर्न कम भएसँगै पहिरो रोकिएको थियो । तर, अहिले फेरि त्यस क्षेत्रमा पानी परेसँगै पहिरो खस्न थालेको छ । पहिरोको उच्च जोखिम रहेकाले नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे ख्याल गर्न प्रहरीले आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्