एजेन्सी । पूर्वसोभियत नेता मिखाइल गोर्भाचेभको निधन भएको छ ।

रुसी अधिकारीहरूका अनुसार मस्कोस्थित अस्पतालमा उनको मंगलबार निधन भएको हो । उनी ९१ वर्षका थिए । गोर्भाचेभको निधनको पुष्टि गर्दै रुसको सेन्ट्रल क्लिनिकल हस्पिटलले भनेको छ, ’गम्भीर र लामो समयदेखि बिरामी रहनुभएका मिखाइल गोर्भाचेभको मंगलबार राति निधन भएको छ ।’

गोर्भाचेभ तत्कालीन सोभियत युनियनका अन्तिम राष्ट्रपति हुन् । जसले अमेरिकासँगको शीतयुद्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका निभाएकासमेत थिए । तर उनले सोभियत युनियन ढल्नबाट बचाउन भने सकेनन् । सन् १९८५ मा तत्कालीन सोभियत सत्ता सम्हालेका गोर्भाचेभले सुधारका प्रयास गरेका थिए । उनी सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको कम्युनिस्ट पार्टीका महासचिव थिए । सोभियत युनियनको पतनसँगै नै आधुनिक रुसको उदय भएको मानिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्