झापा, भदौ १५ ।वर्षासँगै आज बिहान परेको चट्याङ लागेर गौरादह नगरपालिका – १ टुकुना खाडीका ललितबहादुर कार्कीको कुखुराको टहरामा आगलागी भएको छ।

आगलागीका कारण उनका सबै कुखुरा मरेका छन् भने खोर पनि जलेर नष्ट भएको छ ।

आगलागीका कारण एक लाख बढीको क्षति भएको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ। गौरादह नगरपालिकाको बारुण यन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्