झापा , भदौ १६ । सुनसरीको धरान उप-महानगरपालिका-६ का २३ बर्षीय इशानबहादुर कार्की पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएका छन् ।

हिजो दिउँसो साढे ३ बजे मोरङको केराबारी गाउँपालिका-६ स्थित हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुवेको अवस्थामा साथीहरुले फेला पारी उपचारको लागि आफन्तले धरान घोपा लगेकोमा अस्पताल पुर्‍याउना साथ डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको हो । उक्त घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्