झापा , भदौ १६ । गैर सरकारी संस्था महासंघ मोरङका अध्यक्ष राजेन्द्र ढकाललाई अप्राकृतिक यौनदुर्व्यवहारको आरोपमा प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-१२ बाट ५५ वर्षीय ढकाललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । १३ वर्षीया बालिकालाई अप्राकृतिक यौनदुर्व्यवहार गरेको आरोप ढकालमाथि लागेको छ । ‘बालिकालाई यौन दुव्यवहार गरेको आरोपमा ढकालविरुद्ध किटानी जाहेरी परेको छ । सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो,’ डीएसपी श्रेष्ठले भने, ‘बालिकालाई धम्की दिएर पटकपटक दुर्व्यवहार गरेको आरोप छ । यस विषयमा थप बुझ्ने काम भइरहेको छ ।’ ढकाल शिक्षा क्षेत्रमा क्रियाशील एजुकेशन हेल्पलाइनका अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्