झापा, भदौ १६ । आगामी मंसीर ४ गते हुने संसदीय निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्न थालेको छ ।

यसक्रममा झापा क्षेत्र नं.–१ बाट संसदीय निर्वाचनका लागि विश्वप्रकाश शर्माको एकल नाम सर्वसम्मत सिफारिस भएको छ । क्षेत्र नं.–१ मा पार्टीका महामन्त्री समेत रहेका शर्मालाई उम्मेद्वार बनाउनुपर्ने भन्दै जिल्ला पार्टी उपसभापति केशव पाण्डेले प्रस्ताव गरेका थिए । पाण्डेले गरेको प्रस्तावलाई क्षेत्रीय समितिले सर्वसम्मत पारित गरेको हो ।

त्यस्तै क्षेत्र नं. प्रदेशसभा क्षेत्र ‘क’ बाट प्रत्यक्षमा ताराबीर कट्वाल, गोपाल तामाङ र बालजित राईलाई सिफारिस गरेको छ भने समानुपातिकतर्फ भरत सुब्बा र खड्ग धिमाल, महिलातर्फ राधा कार्की र बिना तामाङलाई सिफारिस गरेको छ ।

त्यसैगरी क्षेत्र नं.–१ प्रदेशसभा क्षेत्र ‘ख’ बाट प्रत्यक्षतर्फ लोकराज ढकाल, प्रेम सम्बाहाम्फे र देवेन्द्र गौतमलाई सिफारिस गरेको क्षेत्रीय समिति बैठकले समानुपातिकतर्फ चक्र शेर्मा र झुमा बानियाँलाई सिफारिस गरेको जनाइएको छ ।
त्यस्तै झापा क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भूमिप्रसाद राजवंशी सर्वसम्मत सिफारिस भएका छन् । सो क्षेत्रमा गठबन्धनबाट प्रदेशसभा सदस्यमा कांग्रेस नेता राजवंशीलाई उठाउने लगभग सहमति भएको स्रोतको दाबी छ।

क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले उनलाई सर्वसम्मत रुपमा सिफारिस गरेको हो । राजवंशी २०७४ को चुनावमा एमाले ,माओवादी र राप्रपाको गठबन्धन उम्मेदवार बसन्त बानियाँसँग पराजित भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्